नियम १९
दूषित, न्यूनस्तरको वा हानिकारक खाद्य पदार्थ बिक्री गर्न मनाही
कुनै पनि
व्यक्तिले आफै वा आफ्नो प्रतिनिधिद्वारा देहाय बमोजिमको खाद्य पदार्थ उत्पादन गर्न,
बिक्री गर्न वा बिक्रीको लागि राख्न पाउने छैनः–
(क) दूषित वा न्यूनस्तरको खाद्य पदार्थ,
(ख) ब्रोमिनेटेड भेजिटेवल आयल (वी.भी.ओ.) मिसिएका खाद्य पदार्थ,
(ग) खेसरी, खेसरीको दाल, खेसरीको पीठो तथा खेसरीयुक्त खाद्य पदार्थ,
(घ) कार्वाइट ग्यास (एसिटिलिन ग्यास) ले कृत्रिम रुपबाट पकाइएका फलफूल,

(ङ) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको
अन्य कुनै खाद्य पदार्थ ।